SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

रुपन्देहीको नेपाली काँग्रेस पार्टी कार्यालयमा तोडफोड

भैरहवा, २३ भदौ ।  रुपन्देहीको भैरहवा स्थित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको छ । सोमबार भएको आक्रमणबाट पार्टी कार्यालयको भवन र परिसरमा रहेका सवारीसाधनमा व्यापक क्षति पुगेको छ । आक्रमणकारीले कार्यालयको भवनमा ढुंगामुढा गर्नुका साथै सिसा फोरेका छन् । यसैगरी, कार्यालय परिसरमा पार्किङ गरिएका गाडीहरूमा समेत तोडफोड गरिएको छ ।