इटहरीमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गर्यो
विराटनगर । टहरीमा जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा कर्फ्यु लागू गर्ने निर्णय गरेका हुन् । आन्दोलनकारी युवाहरूले उपमहानगर कार्यालयमा आगजनी गरी प्रदर्शन गरिरहेका कारण स्थिति थप तनावग्रस्त बनेको प्रशासनले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
