SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शन: मृत्यु हुनेको संख्या १८ पुग्यो, २ सय बढी घाइते

काठमान्डौ, २३ भदौ । काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ट्रमा सेन्टरमा उपचाररत थप एक जनाको मृत्यु भएपछि मृतक संख्या बढेको हो । मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा मात्र ७ जनाले ज्यान गुमाएका छन् ।