SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

अपडेटः जेनजी आन्दोलन चर्किँदा १९ जनाको ज्यान गयो, ३४७ घाइते

काठमाडौं । सोमबार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार सो संख्या पुष्टि भएको हो । यस्तै, देशभरका विभिन्न अस्पतालमा हालसम्म ३४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।