SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०२:५५ AM · 1 मिनेट पढाइ

विगत, वर्तमान र भविष्य हो– महाभारतको कथा

महाभारतको युद्ध समाप्त भएपछि युधिष्ठिरलाई अश्वमेध यज्ञको लालसा जाग्यो । उनी यज्ञको लागि श्याम कर्ण घोडाको खोजिमा लागे । महाभारतको युद्धमा ठूलो नरसंहार भएको थियो । पाँचभाइ पाण्डव सबैलाई यो युद्धबाट भएको उपलव्धि भन्दा क्षति भएको महसुस भएको थियो । यसको घाउ मेटाउनका लागि पनि अश्वमेध यज्ञको आवश्यकता महसुस भएको थियो ।