SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०३:३९ AM · 1 मिनेट पढाइ

रामपुरको सिफारिस प्रणाली कार्यविधि २०८२ सार्वजनिक

पाल्पा, १७ भदौ । महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले सिफारिस प्रणाली कार्यविधि–२०८२ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक गरेको हो ।