SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०४:२३ AM · 1 मिनेट पढाइ

न्यूनतम विद्युत् महसुल वडाले तिरिदिने

अर्घाखाँची, १७ भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ का घरधुरीले प्रयोग गर्ने न्यूनतम विद्युत् महसुल वडा कार्यालयले तिरिदिने भएको छ । वडा भित्र रहेका घरधुरी जसले मासिक २० युनिट बराबरको मात्र विद्युत् उपभोग गर्छन्, ती सबैको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने निर्णय भएको वडाध्यक्ष जम्शेर मियाले बताए ।