SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०५:५६ AM · 1 मिनेट पढाइ

सुडानमा पहिरोमा परि एक हजारको मृत्यु

काठमान्डौ, १७ भदौ । सुडानको पश्चिमी क्षेत्रमा पर्ने मार्रा पर्वतमा गएको पहिरोमा परी करिब एक हजार मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुडान लिबरेसन मुभमेन्ट आर्मीले जारी गरेको वक्तव्यअनुसार निरन्तर तीन दिनसम्मको अविरल वर्षापछि आएको पहिरोले सम्पूर्ण गाउँ नै माटोमा पुरिएको छ ।