निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी
काठमाडौ, १७ भदौ । निजी विद्यालय सञ्चालकहरूले भोलि (बुधबार) देखि विद्यालय बन्द नगर्ने निर्णय गरेका छन् । यसअघि उनीहरूले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण विधेयक २०८०’मा असहमति जनाउँदै भदौ १८ देखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीका अनुसार, सरकारसँग केही छलफल भने भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
