SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

युक्रेन युद्धमा २ हजार उत्तर कोरियाली सैनिकको ज्यान गएको अनुमान

काठमाडौँ, १७ भदौ  । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ । सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस ( एनआइएस ) ले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकहरूको सङ्ख्या कम्तीमा छ सय थियो’ भन्ने तथ्याङ्क प्रस्तुत गरेको थियो ।