SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ १०:०३ AM · 1 मिनेट पढाइ

फेसबुक कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

काठमाडौँ,१७ भदौ । सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाल पनि योग्य देशको सूचीमा परेको छ । फेसबुकले एडमार्फत आम्दानी गर्न सकिने कन्टेन्ट मोनेटाइजेसन सुविधा उपलब्ध गराइएका देशहरूमा नेपाललाई पनि समावेश गरेको हो । यसको अर्थ अब फेसबुकमा पोस्ट गरिने पब्लिक भिडिओ र रिलहरू मार्फत नेपाली प्रयोगकर्ताले पनि पैसा कमाउन सक्नेछन् ।