SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

सरकारले सुरु गर्यो दशैंको लागि खसी–बोका अनलाइन बुकिङ सेवा

काठमाडौं, १७ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ । कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले आज बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको जानकारी दिएका छन् । अनलाइन बुकिङ ३० भदौसम्म जारी रहनेछ ।