SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवल, १७ भदौ । बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । असोज ३ गते बीएचएम अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने भएको हो ।आयोजकले मङ्गलवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाएको जनाएको छ ।