SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०१:२९ AM · 1 मिनेट पढाइ

आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, १८ भदौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो र राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको दैनिक मौसम बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।