SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०२:५७ AM · 1 मिनेट पढाइ

नन्दनतालले पायो सङ्घीय सरकारको ३ करोड 

नवलपरासी, १८ भदौ । जिल्लाको पाल्हीनन्दन–६ स्थित प्राचीन नन्दन नगर र नन्दन तालको व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउनमा निजी क्षेत्रले पनि चासो बढाएको छ । जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको विकास गरी आर्थिक क्षेत्रको रूपमा रूपान्तरण गर्ने उद्देश्यले निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्था उद्योग वाणिज्य सङ्घले उक्त स्थानको भ्रमण गर्दै सरोकारवालासँग छलफलका लागि गृहकार्य अगाडि बढाएको हो ।