SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०३:१७ AM · 1 मिनेट पढाइ

गेंदु थारु गाई गोरुको बाबा जस्ता

नेपालगन्ज, १८ भदौ  । ६२ वर्षको उमेरमा कतिपय मानिस आफ्ना नाती–नातिनासँग रमाइरहेका हुन्छन् । कतिपयले आफ्ना सम्पत्तिको घमण्ड बोकेका हुन्छन् । तर बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरधुईयाका गेंदु थारु भने फरक छन् । न सन्तान छन्, न ठुलो घरजग्गा । तर उनको जीवनभित्र  एक असीमित मन छ । माया, दया र करुणा ।