SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०३:३८ AM · 1 मिनेट पढाइ

‘सरकारको अडान सराहनीय’

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनफिङसंग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्दै त्यसमा तेस्रो देशको हस्तक्षेप अस्वीकार्य हुने अडान राखेका छन् । केही साताअघि भारत र चीनले लिपुलेक र लिम्पियाधुराको बाटो प्रयोग गर्दै व्यापार सम्झौता गरेपछि फेरी सतहमा आएको सीमा विवादमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले राख्नुभएको अडान महत्त्वपूर्ण छ ।