SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

कार्यालय नखुल्दै परिचयपत्र बनाउनेको प्रशासनमा लाइन

 गुल्मी, १८ भदौ । कार्यालय नखुल्दै परिचयपत्र बनाउनका लागि जिल्ला  प्रशासन कार्यालयमा लाइन लाग्ने गरेको छ । बिहान नौ बजे देखिनै सेवाग्राहीहरु लाइनमा लागेको देखिएको छ । मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ८० वर्षीय आत्मराम घिमिरेले पनि सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र अनिवार्य भनेपछि बिहानैदेखि लाइनमा आएर बसेको बताएका छन् ।