SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

तरकारी खेतीमा विषादीको प्रयोग घटाउन कृषकहरूलाई अभिमुखीकरण

सल्यान, १८ भदौ । तरकारी खेतीमा जीवनाशक विषादीको प्रयोग घटाउनका लागि सल्यानका कृषक तथा सरोकारवालाहरूलाई अभिमुखीकरण गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा जीवनाशक विषादीको प्रयोगबाट मानव स्वास्थ्य तथा प्राकृतिक वातावरणमा पर्ने असरबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।