SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

अब सरकारी कर्मचारी दलीय पेसागत संगठनमा रहन पाउने

 काठमाडौं, १८ भदौ । संघीय निजामती सेवा विधेयकले सरकारी कर्मचारीलाई दलीय पेसागत संगठनमा रहेर पेसागत हकहितका लागि बहस पैरवी गर्ने बाटो खुला गरिदिएको छ । गत १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयक मंगलबार राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाबाट समेत पारित भएको सन्देश बिहीबार प्रतिनिधिसभामा सुनाइँदैछ ।