SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

कोसी प्रदेशको थप १ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलियो

काठमाडौँ । कोसी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ । कोसी प्रदेशको ओखलढुङ्गा जिल्लामा पनि ७ वटा गाई गोरुमा लम्पि स्किन रोगको सङ्क्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको सङ्ख्या १३ पुगेको हो ।