SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए ओली

 काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार उनी आज साँझ साढे ८ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।