SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंको आह्वानमा ‘राष्ट्र बचाउ अभियान’ को केन्द्रीय भेला

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंले भदौ २० र २१ गते केन्द्रीय भेला आह्वान गरेका छन् । प्रसाईंले बुधबार जारी गरेको विज्ञप्तिमा अभियान स्थापनादेखि हालसम्म विभिन्न तहमा रहेर सक्रिय योगदान पु-याएका व्यक्तिहरूलाई सहभागी गराएर भेला आयोजना गर्न लागिएको उल्लेख छ ।