SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाल दर्ताका लागि सरकारको आज अन्तिम दिन

काठमाडौँ । फेसबुकसहित सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गर्न सरकारले दिएको म्याद आज सकिँदैछ । भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सरकारले नेपालमा सञ्चालनमा रहेका वा नेपालमा प्रवेश गर्ने तयारी गरिरहेका सामाजिक सञ्जाललाई सात दिनभित्र दर्ता गर्न निर्देशन दिएको थियो ।