SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाले अब दुई तिहाइ अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित अखिल नेपाल महिला सङ्घ ( क्रान्तिकारी ) को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले पुरुषको ठुलो हिस्सा बिदेसिएका कारण महिलाको जिम्मेवारी बढेको उल्लेख गरे ।