SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा बोर्डको सर्भर डाउनः लुम्बिनी प्रादेशिक अस्पतालका हजारौँ सेवाग्राही मर्कामा 

बुटवल । विगत एक साता लामो समयदेखि स्वास्थ्य बिमा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पटक–पटक सर्भर डाउन हुने समस्याले सेवाग्राही उपचार सेवाबाट बञ्चिन हुनु परेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सेवा लिन आउने हजारौँ सेवाग्राहीले यसको समस्या झेल्नु परेको छ ।