SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०५:०२ PM · 1 मिनेट पढाइ

युवा संघ बुटवल कमिटिको रक्तदान, ४० युनिट रगत संकलन

बुटवल, १७ भदौ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगरपालिका कमिटिको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको संघका नगर अध्यक्ष गणेश बोहराले जानकारी दिए ।