SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०२:१८ AM · 1 मिनेट पढाइ

चाडपर्व नजिकिए: राहतमा ढिलाइ नहोस् 

नेपालीहरूको दुई ठुला पर्व दसैँ र तिहार हामी सबैको घर आँगनमा आइसकेको छ । भदौ २३ गतेदेखि सोह्र श्राद्ध सुरु हुँदै छ । यो वर्ष सरकारले दसैँ र तिहारमा उपभोक्तालाई राहत दिन देशका ६० बढी स्थानमा सस्तो पसल सञ्चालन गर्ने तयारी गरिरहेको छ । दसैँ र तिहारकै बेला सरकारी निकायले अनुगमनको औपचारिकता पनि सुरु गर्दै छन् ।