SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०८:१८ AM · 1 मिनेट पढाइ

ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

काठमाडौँ । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन् । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन् ।  उनी कर्णाली यशभिसबाट खेल्नेछिन् ।