SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

सत्तारूढ दल सरकारको प्रस्तावमा, माओवादी र एकीकृत समाजवादी विरोधमा

 काठमाडौँ , १६ भदौ । निजामती कर्मचारीको अवकाश उमेरहद सम्बन्धी प्रावधानमा राजनीतिक दलहरूबीच मतभेद देखिएको छ । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको प्रस्तावलाई समर्थन गरेका छन्, जसअनुसार निजामती सेवा ऐन लागू भएको वर्षमा अवकाश उमेर ५९ वर्ष हुने र त्यसपछिको वर्षदेखि ६० वर्षको प्रावधान लागू हुने व्यवस्था गरिनेछ ।