SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

विद्या भण्डारीको सदस्यता निर्णय पार्टीले सच्याउने स्थिति आउन सक्छ : सुरेन्द्र पाण्डे

 काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिने निर्णयबारे पार्टीले पुनर्विचार गर्ने सम्भावना रहेको बताएका छन् । उनले पार्टीको निर्णय नसच्चिएसम्म आफूहरू त्यसका विरुद्ध लागिरहने स्पष्ट पारे ।