SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

रुपन्देही–३ उपनिर्वाचनका लागि समाजवादी पार्टीबाट ७ जनाको नाम सिफारिस

रुपन्देही । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ । पार्टीको रुपन्देही जिल्ला कमिटीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको हो ।