SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

रुपन्देही–३ मा रास्वपाको उम्मेदवारी सङ्कटमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का लागि आइतबार मात्रै उम्मेदवार बनेका लेखजंग थापा बहुविवाह प्रकरण सार्वजनिक भएपछि सङ्कटमा परेका छन् । आठ आकाङ्क्षीलाई पछि पार्दै कात्तिक १७ मा हुने उपनिर्वाचनमा रास्वपाले थापालाई घण्टी चिन्हबाट उम्मेदवार बनाएको थियो ।