SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

चरङेलाई सेभेन ए साईडको उपाधि

बुटवल, १६ भदौ । रामनगरमा सम्पन्न प्रथम नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि चरङे युवा क्लबले चुमेको छ । रामनगर साकुरा युवा क्लबको आयोजनामा सोमबार भएको फाईनल खेलमा विशाल सन्दिप एफसी, देविनगरलाई १–० गोल अन्तरले पराजित गर्दै चरङेले उपाधि चुमेको हो । उपाधिसंगै चरङे नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।