SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०२:०० AM · 1 मिनेट पढाइ

अरब सागरको हावा नेपाल प्रवेश गर्दै, भारी वर्षाको सम्भावना

काठमाडौं, १५ भदौ  । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको पनि महाशाखाले जानकारी दिएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनअनुसार, आज दिउँसो देशभर सामान्यतया आकाश बादलले ढाकिएको रहनेछ ।