SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०३:०३ AM · 1 मिनेट पढाइ

असुरक्षित गर्भपतनले बढाउँदै जोखिम 

लुम्बिनी प्रदेश नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने प्रदेशको सूचीमा पहिलो नम्बरमा छ । नेपाल सरकारले हालै सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनमा असुरक्षित गर्भपतनकै कारण ज्यान गुमाउने महिलाको सङ्ख्या लुम्बिनी प्रदेशमा सबैभन्दा बढी देखिएको छ । सार्वजनिक भएको यो प्रतिवेदनले लुम्बिनी प्रदेशका महिलाहरू उच्च जोखिममा छन् भन्ने कुरा पुष्टि गरेको छ । यो अत्यन्त चिन्ताको कुरा हो ।