SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०४:४५ AM · 1 मिनेट पढाइ

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

लमही , १५ भदौ । दाङको राप्ती गाउँपालिकाले अब पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउने व्यवस्था सुरु गरेको छ । पालिकाले सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्नका लागि ‘नागरिक सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको हो ।