SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

कोहलपुर–सुर्खेत १३२ केभी लाइन तिहारसम्म सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, १५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधीन संरचनाहरूको स्थलगत निरीक्षण गर्दै अब कुनै ढिलाइ नगरी कामलाई अन्तिम चरणमा पुर्‍याउन आयोजनालाई निर्देशन दिएका हुन् ।