SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज फेरि ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ३,००० रुपैयाँले बढेर २,०३,६०० रुपैयाँ पुगेको छ । यो दर अहिलेसम्मकै सर्वाधिक उच्च हो । यसअघिको मूल्य शुक्रबार निर्धारण गरिएको थियो, जुन तोलाको २,००,६०० रुपैयाँ थियो ।