SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

भिजिट भिसा प्रकरणमा छानबिन आयोग नबने सडक आन्दोलनमा जान बाध्य हुनेछौँ : लिङ्देन

झापा, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नगरे सरकारले जनदबाबको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकारले छानबिनको मागलाई वेवास्ता गरेमा आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सडक आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।