SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०९:५६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र भियतनामी समकक्षी फाम मिन चिङबीच भेटवार्ता

काठमाडौँ , १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच सोमबार चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओली र भियतनामी समकक्षीबीच समसामयिक क्षेत्रीय तथा द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको हो ।