SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से ३१ अंकले घट्यो

काठमाडौं, १५ भदौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंकले (१.१२ प्रतिशत) घटेर बन्द भएको छ । कारोबारको सुरुदेखि नै बजार रातोमा खुलेको नेप्से अन्त्यसम्म पनि गिरावटमै रह्यो । नेप्सेसँगै सेन्सिटिभ, फ्लोटसहित सबै उपसूचकहरूमा गिरावट देखिएको छ ।