SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ११:११ AM · 1 मिनेट पढाइ

बाढीपहिरोले अवरुद्ध आठ सडक तत्काल खुलाउने सरकारको निर्णय

काठमाडौँ, १५ भदौ । बाढी पहिरोका कारण अवरुद्ध भएका आठ सडक खण्ड तत्काल खुलाउने निर्णय सरकारले गरेको छ । आइतबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा सिंहले सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई ठुलो समस्या हुने भएकाले तत्काल सडक खुलाएर आवतजावत सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।