SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

रुपन्देही-३ उपनिर्वाचन: रास्वपाको उम्मेदवार बने डा लेखजंग थापा

काठमाडौँ । कात्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको आन्तरिक निर्वाचनसहित विभिन्न चरण पूरा गरेर रास्वपाले आज उम्मेदवारको रुपमा डा लेखजंग थापाको  नाम घोषणा गरेको हो। यहाँ रास्वपाबाट उम्मेदवार हुन इच्छुक ९ जनाले निवेदन दिएका थिए। रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो।