SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरोका बिरामीलाई सहज बन्दै

दाङ, १५ भदौ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानमा न्युरो सर्जरी सेवा नहुदा बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियोे । तर अब प्रतिष्ठानमै सेवा सुरु भएपछि न्युरो सर्जरीको उपचार सहज र सुलभ हुँदै गएको छ ।