SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

लुम्बिनी वल्ड स्कुल प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता सम्पन्न

बुटवल, १५ भदौ । तिलोत्तमाको लुम्बिनी वल्ड स्कुलको आयोजनामा ‘लुम्बिनी वल्ड स्कुल प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता–२०८२’ भएको छ । आइतबार तिलोत्तमा नगरपालिका स्थित ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा सम्पन्न भएको स्वीमिङ प्रतियोगितामा दाङ बाँके, बर्दिया, रुपन्देहीबाट गरी ९५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागि भएका थिए । प्रतियोगितामा १५ वर्ष भन्दा कम उमेर समूहका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।