SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०२:५० AM · 1 मिनेट पढाइ

बर्दघाटका हाट बजारमा रङ मिसिएको अखाद्य मासको दाल

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगर क्षेत्रका बजारहरूमा अखाद्य मासको दाल भेटिएको छ ।बर्दघाट नगरपालिकाले बर्दघाटका विभिन्न वडाहरूमा लाग्ने हाटबजारको अनुगमनका क्रममा यस्तो दाल फेला परेको हो । बजारमा मासको दालमा अखाद्य कालो रङ मिसिएको गुनासो आएपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा मासको दाल रङयुक्त भेटिएको बर्दघाटका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए ।