SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०५:०७ AM · 1 मिनेट पढाइ

नेपालमा अब १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिने

काठमाडौं, १२ भदौ । अबदेखि नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहलाई ‘युवा’ मानिने भएको छ । मन्त्रिपरिषदबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति २०८२ ले नयाँ परिभाषा तय गरेको हो । यसअघि लागू भएको नीति २०७२ अनुसार युवाको उमेर सीमा १६ देखि ४० वर्ष थियो ।