SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०६:०० AM · 1 मिनेट पढाइ

पार्टीमा अध्यक्ष बन्ने प्रयास गरे भण्डारीले हार्ने ओलीको दावी

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा पराजित हुने दावी गरेका छन् । एमालेको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा उनले सो दावी गरेका हुन् ।