लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस तीन दिन विविध कार्यक्रम गरेर मनाइने
दाङ- लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस-२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो । प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाई, खेलकुद प्रतियोगिता, परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभातफेरी र मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
